Sunday, June 7, 2009

मान्छे मान्छेमा

मान्छे मान्छेमा
केही फरक छैन
फगत रोटी; कपडा र घरको व्यथा
कोही खीर त कोही चना चबेना मा गुजर
कोही फुटपाथ मा बसर त कोही अट्टालिका को बगर
कोही करोड़ मा खेल्छन
त कोही खेल्छन सिक्का मा चित पट गर्दै

तर जीऊ मा बग्ने रगत एक छ
माया गर्ने मुटु
समस्त शरीरिक प्रक्रिया एकै छ
छाला गोरो होस वा कालो
एकै छ अंग अंग

भेद जन्मन्छ
न बुझिकन
द्वीप भएर बसने इच्छा गर्नेहरुको ठुलो जमात भएका हुनाले !

5 comments:

  1. सफा र चिटिक्क परेको ब्लग ...

    कविता नि उस्तै घत लाग्दा...

    लेख्दै गर्नु है साथि...

    ReplyDelete
  2. Dherai dherai dhanyawad. Tapain ka sabda haru mera lagi amrti tulya hun.

    ReplyDelete
  3. Thanks a lot. Keep me reading and encouraging. Best regards.

    ReplyDelete