साथी
मुख ढाकेर किन सुते को
हवालाई आउन देऊ
उजालो पस्न देऊ
झ्याल ढोका बंद गरेर बस्ने किन
हेर त उता रातो गोलो सूर्यको
झल मल्ल पार्छ कि तिम्रो संघार
बद्ली गर्दछ कि तिम्रो संसार
मुख ढाकेर न सुत
कुन्नि को आफन्त आई पुग्ला
मीठा मीठा मायाका कुराले
वास माग्न पुगे सरि
कुनै आगंतुकको प्रतीक्षामा बस्नु राम्रो
दैलो तर्फ़ आंखा गाडेर
मुख ढाकेर न सुत, न सुत ......
Monday, June 29, 2009
Subscribe to:
Post Comments (Atom)
ओहो ।। कस्तो बिस्तारै गजबको धक्का दिनु भो त।
ReplyDeleteतिनले लाज लागेर मुख छोप्या हुन् र !
ReplyDeleteकसैको अनुरोध र नियम मान्ने भए ! अज दिन अर्कै हुन्थ्यो ! होम जी !
राम्रो भाव रहेको छ !