Monday, June 29, 2009

मुख ढाकेर सुत्नेहरुलाई

साथी
मुख ढाकेर किन सुते को
हवालाई आउन देऊ
उजालो पस्न देऊ

झ्याल ढोका बंद गरेर बस्ने किन
हेर त उता रातो गोलो सूर्यको
झल मल्ल पार्छ कि तिम्रो संघार
बद्ली गर्दछ कि तिम्रो संसार

मुख ढाकेर न सुत
कुन्नि को आफन्त आई पुग्ला
मीठा मीठा मायाका कुराले
वास माग्न पुगे सरि

कुनै आगंतुकको प्रतीक्षामा बस्नु राम्रो
दैलो तर्फ़ आंखा गाडेर
मुख ढाकेर न सुत, न सुत ......

2 comments:

  1. ओहो ।। कस्तो बिस्तारै गजबको धक्का दिनु भो त।

    ReplyDelete
  2. तिनले लाज लागेर मुख छोप्या हुन् र !
    कसैको अनुरोध र नियम मान्ने भए ! अज दिन अर्कै हुन्थ्यो ! होम जी !
    राम्रो भाव रहेको छ !

    ReplyDelete