Wednesday, April 29, 2009

ज़िन्दगी एक ऐना हो

ज़िन्दगी एक ऐना हो
यसको कुनै रूप छैन
यसको कुनै रंग छैन
जस्तो तिमी छौ
उस्तै छ यो .....
एक दिन यो चकनाचूर हुने छ
वा यसमा झुर्रीपरे जस्तै दागे दाग हुने छ
मुटु जस्तो कमलो
प्राण न भये पनि जीवंत
यो ऐना
पल पल को तस्वीर
एक ग़ज़ल
जसमा स्वप्न सुंदरी को वास हुन्छ
त कहिले सड़क को छेउ मा बसेर
हज्जामले येस्लाई प्रयोग गरि रहेको हुन्छ
आफ्नो पेट चलाउन

No comments:

Post a Comment