Monday, June 29, 2009

मेरो जय र पराजय


आज वितरण गर्न चाहन्छु
आफ्नो पराजयलाई
बाँड्न चाहन्छु आफ्नो नराम्रो समय
तर को आउला र खै ........
कोई पनि आएन
बाटो हेर्दा हेर्दै रात पर्यो


आफ्नो जयलाई बाँड्न खोजेको त
लामो क्यू लाग्यो
मुस्कान
हाँसो र सुकिला वस्त्र र आभूषणमा सुसज्जित लस्कर
मेरो द्वारमा उभिएको थियो
उदाउँदै गरेको सूर्यलाई अन्खोरा मा पानी चढाएझैं !

1 comment:

  1. कस्तो राम्रो कबिता। शब्दहरु पनि उस्तै "उदाउँदै गरेको सूर्यलाई अन्खोरा मा पानी चढाएझैं" !

    ReplyDelete