Wednesday, June 10, 2009

विचार लहरी

हिजो एकजना मान्छे

मेरो घर पस्यो

अतीतका सबै स्मृतिहरु पोको पार्यो र

कता हो कता अंतर्ध्यान भयो एक्कासी

आहा ..... त्यो मान्छे ता अरु कोही होइन

मेरो आफ्नै मनको उडान रहेछ

बेला अबेला आइलाग्ने विचारको लहर

जसमा लुप्त हुँदै जान्छ विगतका मीठा नमीठा पलहरु

1 comment:

  1. हाहाहा, त्यो आफ्नो मन को उडान साँच्चै कति रमाइलो हुन्छ है !

    ReplyDelete