Thursday, May 28, 2009

के राम्रो नराम्रो

राम्रो नराम्रो सबै फगत नाटक
मृगतृष्णा जस्तो

आज जे राम्रो छ
भोलि तेहि नै नराम्रो
आज जे नराम्रो, भोलि तेहि राम्रो
सबै को आफ्नो परिभाषा

जति मान्छे उति नै विचार
हवा को दिशा मा बगिरहन्छन सबै
पत्ता झैं बरालिरहन्छन सबै


Thursday, May 21, 2009

देश

देश मान्छे ले बन्छ
तिमी ले बन्छ
उसले बन्छ
हामी ले बन्छ
देश पहाड़, खोला- नदी, सड़क ले बने पनि
केही फरक पर्दैन
यदि हामी सबै छैनौ भने

तेसैले
तिमी- हामी - उनिहरु .....
हामी सबै को अस्तित्व जरुरी छ
हिमाल लाई हिमाल भन्ने को हो ?
तिमी- हामीनै त हौं ........!

Saturday, May 16, 2009

मोटो छाला भएको मान्छे

मोटो छाला भएको मान्छे भारियेका छन हिजाज
येसै कारण ले गर्दा
तिम्रो कुरा ठोक्कियेर फ़र्किन्छ
तिम्रो माया र मुटु चर्कियेर टुक्रिन्छ
कता हो कता पुग्छ भावुक भएर खायेका वाचाहरू
अनि तिमी म जस्तै पर्खाल बनेर बस्दछौ .......!